Friday, November 02, 2012

One Sided Love !!!!

पाउने कुनै आश छैन गुमाउने मन छैन, 
हुन त गुमाउनु नै के छ र ? 
जबकि पाएकै केहि छैन । 
उसको सहानुभुति रुपि एक नजरले आफैलाई भुलाउछु र आफ्ना कमजोरिहरु पनि, अनि मिलनको सुगन्ध पाउछु र फेरि टुक्रन्छु । थाहा छ मेरो एक तर्फि प्रेम शुद्ध छ, तर यसको केहि काम छैन किनकी यो बिशुद्ध एक्लो छ । जसरि एक पाग्राले गति लिने सपना सपनामै अडेको छ । समय बद्लिरहन्छ मन पनि, तर घुमिफिरि म तिमीमै अल्झन्छु अनि बल्झन्छु त्यहि एकतर्फि प्रेमको सोचमा ।

.....................

#ShortNoteOnOneSidedLove

Sunday, August 26, 2012

बादल !!!!!

उदाउदो सुर्यको तेज छेक्न खोज्छौ
अस्ताउदो सुर्यलाई छोप्ने चेष्टा गर्छो ।
हिमाल संग टासिएर, लाडिएर
उसकै रंग चोरेर
अझ माथि माथि चुलिदै
उसकै रवाफ देखाउछौ ।
तिम्रा यस्ता दुश्कर्मले कहिल्यै नराम्रो गरेन
बरु हरेक पटक प्राकृतिक शौन्दर्यताका अर्को आयाम थप्यो ।

रंग र आकार अनेक तिम्रा
पुरा आकास आफ्नै झै गरि,
डुलिहिड्छौ ।
तिमी चाहेको गर्छौ,
मडारिन्छौ,
वटारिन्छौ,
गर्जन्छौ,
बर्षन्छौ,
रुन्छौ, रुवाउछौ ।


धेरैको मनको प्रतिनिधित्व गर्छौ तिमी ।

त कहिले तथस्थ निलोआकार बाट हटेर,
हिमाल, पहाड संग लुमामारि खेलेर ।
रमाईलो गर्न सम्म पनि पछि पर्देनौ ।
तिमी निर्जिव ब्यक्ति हौ, तर सजिव जस्तै छौ ।
जसरि होस तिमी सुन्दर छौ,
रंगिन छौ,

ज्ञानि छौ ।
हे बादल !!!!!!
तिमी गज्जब छौ !!!!!

Friday, June 01, 2012

मिठो तरङ्ग ।

मैले आज कोइलिको स्वर सुने,
एउटा मिठो संगित सुने,
मन मा मिठो भाव बुने ।
मलाई भोलिको चाह छैन न त आश नै
बस् आज लाई  रोकिदेउ  ।
किनकि मैले एउटा मिठो स्वर सुने ।
मिठा शब्दका गुन्जन सुने
प्रतेक शब्द मनमा गुने
ति शब्दबाट कहिले गित बुने
कहिले गजल
कहिले कबिता
त, कहिले प्रित बुने ।
मैले आज कोइलिको स्वर सुने ।

खोई के जादु भो
केहि टुना मुना नै भो कि ।
सारा दुख आज मुस्कानले छोपिदै छन्,
आसु जति हाबाले उडाउदै छन् ।
किनकि मैले आज प्रियाको आवाज सुने,
स्वर सुने ,
गित सुने ।
म प्राण दिन्छु बरु भोलि ।
मलाई आजको दिन रोकिदेउ ।
आज रात नपारिदेउ,
फेरि दिन मिर्मिरेमा झारिदेउ ।
फेरि मिठो गित सुन्न मन लाग्यो ।
फेरि त्यहि तरङ्गमा हिड्न मन लाग्यो ।
किनकि मैले आज कोइलिको स्वर सुने,
प्रियाको आवाज सुने,
सानिको स्वर सुने ।



Tuesday, April 24, 2012

Who is male?


A male is the most beautiful part of Gods creation who starts compromising at a very tender age.

He sacrifices his chocolates for his sister.

He sacrifices his dreamsfor just smile on his parents face.

He sacrifices his full youth for his wife and children by working late at night without any complain.

He builds their future by taking loans from banks and repaying them for a lifetime.

He struggles a lot and still has to bear scolding from his mother, wife and boss.

His mother, wife & boss all try to control him.

His life finally ends up only by compromising for others happiness.

Respect every male in ur life.

You will never know what he has sacrificed for you.

Worth sending to every man to make him smile & every woman to realize his
worth.. :)








Tuesday, April 03, 2012

1st Rain and my feelings belong to it :D

सानि पानि पर्दै छ ।
तन रुझेको छैन मन रुझेको छ
भिज्न मन छ,
रुज्न मन छ
हराउन मन छ
आखा चिम्लनछु तिमी लाई सम्झन्छु,
त्यहि दिन झै गरि रुझ्ने ईच्छा जाहेर गर्छु ।
रुझदै भन्न मन छ
हेर म पनि रमाउन सक्छु
हराउन सक्छु तिमी जस्तै ।
तिमी जस्तै पोख्न चाहन्छु दु:ख साटन चाहन्छु प्रेम ।
हो म समय संग चल्न सकेन
सायद तिमीले पो चलाउन सकेनौ कि,
सकेनौ कि बदल्न
तर सक्यो
म पनि सक्छु प्रेम गर्न रमाउन रुझ्न ।
आज एक्लो छु र त के भो
झरि छ ।
तिम्रो याद छ
म छु, सबै छ ।



#RealTime post During rain