मैले आज कोइलिको स्वर सुने,
एउटा मिठो संगित सुने,
मन मा मिठो भाव बुने ।
मलाई भोलिको चाह छैन न त आश नै
बस् आज लाई रोकिदेउ ।
किनकि मैले एउटा मिठो स्वर सुने ।
मिठा शब्दका गुन्जन सुने
प्रतेक शब्द मनमा गुने
ति शब्दबाट कहिले गित बुने
कहिले गजल
कहिले कबिता
त, कहिले प्रित बुने ।
मैले आज कोइलिको स्वर सुने ।
खोई के जादु भो
केहि टुना मुना नै भो कि ।
सारा दुख आज मुस्कानले छोपिदै छन्,
आसु जति हाबाले उडाउदै छन् ।
किनकि मैले आज प्रियाको आवाज सुने,
स्वर सुने ,
गित सुने ।
म प्राण दिन्छु बरु भोलि ।
मलाई आजको दिन रोकिदेउ ।
आज रात नपारिदेउ,
फेरि दिन मिर्मिरेमा झारिदेउ ।
फेरि मिठो गित सुन्न मन लाग्यो ।
फेरि त्यहि तरङ्गमा हिड्न मन लाग्यो ।
किनकि मैले आज कोइलिको स्वर सुने,
प्रियाको आवाज सुने,
सानिको स्वर सुने ।
एउटा मिठो संगित सुने,
मन मा मिठो भाव बुने ।
मलाई भोलिको चाह छैन न त आश नै
बस् आज लाई रोकिदेउ ।
किनकि मैले एउटा मिठो स्वर सुने ।
मिठा शब्दका गुन्जन सुने
प्रतेक शब्द मनमा गुने
ति शब्दबाट कहिले गित बुने
कहिले गजल
कहिले कबिता
त, कहिले प्रित बुने ।
मैले आज कोइलिको स्वर सुने ।
खोई के जादु भो
केहि टुना मुना नै भो कि ।
सारा दुख आज मुस्कानले छोपिदै छन्,
आसु जति हाबाले उडाउदै छन् ।
किनकि मैले आज प्रियाको आवाज सुने,
स्वर सुने ,
गित सुने ।
म प्राण दिन्छु बरु भोलि ।
मलाई आजको दिन रोकिदेउ ।
आज रात नपारिदेउ,
फेरि दिन मिर्मिरेमा झारिदेउ ।
फेरि मिठो गित सुन्न मन लाग्यो ।
फेरि त्यहि तरङ्गमा हिड्न मन लाग्यो ।
किनकि मैले आज कोइलिको स्वर सुने,
प्रियाको आवाज सुने,
सानिको स्वर सुने ।