Thursday, April 25, 2013

परिभाषा ।

जन्म रूँदै, मृत्यु रूवाउँदै ।
बिचको केहि क्षण हास्दै हसाउदै ।
यसैको नाम जिन्दगी ।

आउँदा खालि हात र जाँदा ।
बिचको केहि समय नाना बेखन्ना ।
यसैको नाम जिन्दगि ।

हिसाव सजिलो छ ।
सुरू र अन्त्य को परिणाम बरावर हुनु छ ।
रूँदै  आएको रूवादै खाली खाली हात जानु छ ।
यसैको नाम जिन्दगि ।

2 comments:

  1. "बिचको केहि समय नाना बेखन्ना ।"
    राम्रो लाग्यो मिठो लाग्यो तर नाना बेखन्नाको अर्थ था पाइन जान्न सक्छु ?

    ReplyDelete
  2. @Rukmini नाना बेखन्ना भनेको थरिथरिको । :)

    ReplyDelete