अँध्यारो गल्ली, नेवारी खाजाको बास्ना, बास्ना भन्दा धेरै गन्ध । उसलाई मन पर्दैन यो सब र पनि मनपर्ने--नपर्ने कुनै ख्याल बिना उ भित्र छिर्छ । घामको प्रकाश नछिर्ने टिनको छानो हुदै भित्र पस्दा उसलाई समय अवस्था कुनै कुराको ख्याल छैन, समय बिहान साढे एघार बजेको भएपनि अँध्यारोमा भित्र राता, निला, गुलाबी र हरिया ट्युवलाईट बलेका छन् । पेन्ट नगरेका भित्ता, टिप पनि गरेको छैन र पनि बत्तीका कारण भित्ताले पनि रंगीन बाताबरणमा त्यहाँको अवस्था बास्तविकतालाई अझ प्रगाढ पारेको छ ।
उ पहिले एक पटक छिरेको थियो यो ठाँउमा, उसबेला दश मिनेट बस्न नसकि निस्केको आज उसले भुलेको छ। लोकल रक्सी, गाँजा, भुटेको/तारेको मासु, बिभिन्न प्रफ्युम र अन्य के के गन्ध या सुगन्ध आज उसलाई यतिले हल्का लागिसक्यो भनौ एक प्याग बराबर। धनी जस्ता देखिने केटा केटीहरू खुकुलो खरानी त्यान्द्रो जस्तै झुण्डेको चुरोट छोपेर मन्ध स्वरमा गफमा लिप्त छन् । उ देख्छ त्यहाँको समय मिनेटमा एकसय बिस सेकेन्डको तालमा मधुर प्रकाश, मधुर संगित र सवै त्यस्तै सुस्ततामा चलेको छ । कुनै हतार छैन त्यो ठाँउमा मानौ लामो जिन्दगीको धावन त्यही सकिन्छ सबै सांगीतिक सुस्केरामा थकाई मार्दैछन् । उ पनि बोझ बिसाउन त्यहाँ पुगेको हो । मधुर स्वरमा एउटाको मोवाइलमा ईनिग्मा एण्ड जाजको संगित बजेको छ । यो ठाँउ अन्य ठाँउ भन्दा भिन्न छ । भित्र भएका पाँच सेट टेवल कुर्चीमा तिन ओटामा जोडि छन्, एउटामा एकलराजा चियामा चुरोटको धुँवा घोलेर पिउदैछ, र अर्को टेवल खालि छ । साहु कालो तावामा फोक्सो फ्राई ओल्टाइपल्टाई पकाउँदै छ । भित्तामा भएको सानो निहुरेर छिर्नु पर्ने ढोका हुँदै भित्र छिर्छ उ ।
धुँवा-धुँवा, अध्यारो, कुहिरिमण्डल --
उ देख्छ रिक्की, रबि, सुसन्त र अरू पनि दुई जना । सुसन्त उठछ र अंगाल्दै भन्छ दोस्त तिमी धेरै पछि यार । रिक्की र रबि संग पनि अंगाले पछि सुसन्तले चिनाउछ उ सुलोक, उ पुकार अनि बुद्ध तिर देखाउदै भन्छ उ --- हाम्रो दाऽऽज्जु ---- "बुद्ध"-- भिऽएसको ।
दुबै आँखाका छेउ चिम्राउदै ओठमा थोरै मुस्कानको अस्थित्व ल्याउदै अल्छि पारामा हात मिलाउँछ बुद्ध; सुलोक र पुकार संग। रबिले सोध्छ दाज्जु चुरोट लिन्छौ, रिक्कीले सच्याउदै भन्छ उ बुद्ध हो बुद्ध, दाज्जु विड आउदैछ दश मिनेट मात्र ल । बुद्ध फेरी फेक मुस्कान देखाउदै भन्छ "आज गोट्टी छैन", पुरा ट्रिपमा भएको सुसन्तको हाँसो अब एकछिन नरोकिने निश्चित छ । त्यसै त उस्लाई हास्न कारण नचाहिने, त्यसमाथि बुद्धको गोट्टि खाने कुरा । बुद्ध बाहेक सबैलाई सुसन्तको हासो क्षणभरमै भाईरल बन्छ । नपिँउदै एक प्याग लागेको बुद्धलाई अर्को प्याग बराबर नसा चढ्यो । एकछिनमै हाँसो थाम्दै सुसन्त भन्छ एम्पल हान्ने? दुई प्याग रक्सीको मात बराबर मात चढेको बुद्ध केही नसोँचि हुन्छ भन्छ, फेरि सुसन्त हास्नसुरू । रिक्की जंगिदै भन्छ मु* दाज्जु के भो तँलाई? कस्ले ल्याङ गर्यॊ भन् कस्सम सिध्याईदिन्छु; तँ मु* दाज्जु जि बाहेक चुरोट पनि नपिउनेले एम्पल र गोट्टिको कुरा गर्छस? भन् दाज्जु भन् -- कस्लाई सिध्याउने कस्ले ल्याङ गर्यो -- भन् । बुद्ध ह्याङ पारामा भन्छ ---- एक्सपेल -- आजको एक्जाममा । सुसन्त खुसी भए झैँ गरि भन्छ "ठिक भो, मु* --- मैले एक्जाम नै दे छैन ब्यानै दुई स्टिक दे को -- एक्जाम । एकछिन बस साउ संग एक स्टिक ल्याँउछु, बल्ल बल्ल सुसन्त बाहिर निस्कन्छ । सबै चुपचाप बस्छन् । धेरै नबोल्ने रबि बोल्छ mf आज सबैको परिक्षा बिगर्यो । मु* खुसि हो दाज्जु तँ अव तँ एक्लो छैनस ।
तिन ओटा न्युमेरिकल सक्काउँदा चालिस मिनेट बितेको पत्तै भएन आजै उसले घडि र पर्स घरमै भुलेको । गार्डलाई समय सोध्छ; सात पैँतालिस भैसकेछ । पोहोर पनि सानो हेलचेक्र्याईंले फिजिक्सनै लागेको थियो । जुन अझै झुण्डि राखेको छ तर यसपालि त्यो पनि पास गर्नेगरि तयार थियो उ । यसपालि रेगुलर पासगर्न परिक्षाका अन्तिम दिनहरूमा खुबै मेहेनत गर्नु परेको थियो । फलस्वरुप दिईसकेका बाँकी चार ओटा परिक्षा पनि राम्रै भएको थियो । अन्तिम फिजिक्स राम्रो गर्नु थियो । +2 सक्काएर दाजुसंग एरोनोटीकल ईन्जिनियरिंग गर्न चाईना जाने भुतसवारले गर्दा धेरै दिन् देखि कतै जंङशन धाएको थिएन । उसलाई आजको परिक्षामा हतार थिएन चालिस माक्सको न्युमेरिकल बाँकी बिस जतिको थ्योरि मिलाउसक्नेमा बिस्वास भएरै मख्ख थ्यो उ । बल्ल उसले अठार माक्सको सक्काएको थियो । परिक्षामा दिईरहँदा चेक र कपिमा सिग्नेचर गर्न आउने मान्छे उस्लाई मननै पर्दैन । उसको अघिल्लो बेन्चसम्म चेक आईसकेको हुनाले कपि पल्टाएर उ तयार थियो । पछाडि बाट कसैले उस्लाई कागजको टुक्राले हान्छ, ज्यान तन्काउन दुबै हात पछाडि खुलाउदा सो कागजको चिट हातमै खस्यो, चेकरले देख्यो । ------- तिस मिनेट बितिसक्दा पनि उसले कपि फिर्ता पाएन ।
चेक फेरि कोठा भित्र पस्दै भन्छ तँ अझै यहिछस? आज बुद्धले गरेको अनुनयविनय कसैले सुनेन । चेकले थर्काएर भन्यो पुरानो दिइसकेको परिक्षामा पनि बिगार्ने मन छ ? छैनभने निस्के ।
दाज्जु फाएर हान् । ---- धेरै भैसकेको थियो गाँजा नपिएको नाक आखा मुख सबैतिरबाट धुवा निकाल्दै खोक्यो बुद्ध । दाज्जु पानि पि भन्दै रिक्कीले झट्ट ढक्कन खोलेको पानिको बोटल बुद्ध तिर दियो, बुद्धले पानि पिउनै सकेन सासफेर्न नसक्ने गरि छातीमा केही अड्के जस्तो भयो । उ त्यही पल्टयो निदाए झै गरि अनि सुस्त गतिमा भन्यो "फक् योर सेल्फ बुद्ध" ।
क्रमश.....
Part -2
Part -3 Coming soon

लेखन मा दम छ यार तिम्रो !!!! जे जस्तो भए पनि तिमी सँग सम्ब न्धित नहोस है यो नत्र ...... :P
ReplyDeleteReplied on private message box :D
ReplyDeleteRamro lagyo shabda haru dherai gahakila nabhaye pani sar chaahi atinai ramro sakiyeko patto nai nahune..
ReplyDeleteShabdaharu sadharan bhaye pani padhna thale paxi dhyan katai najane padhne rahar huda hudai hindi serial jasto to be continued bhayo.
ReplyDeleteThis story is based on real story re..? :D
ReplyDeleteDammi cha.. ramro lekheko chau, keep it on. Chittai arko episode padhna paios.
Baki sab estai ho.. jindagi ko maja nai esaima cha! Ki kaso yar? ;)
@sushil :)) khoi yar afu ta sojho manche kei thaah chaina !!! :P
ReplyDelete