1St Part !!!
झम्म झम्म टाउको मा केही बोझ, भोक हो कि रिंगटा लागे जस्तो । हिजो खाना बनाउदा लागेको हातको चोटमा पनि मलम लागेजस्तै । हरेक एंगल र जोडहरूमा ग्रिज लगाएर एकछिन भिज्नलाई थाँती राखे जस्तो । सिधा माथि एडजस्ट फ्यान बाट ट्प ट्प देखिन्थ्यो घडि । घडिले दुई पच्चीस बजाउन केही सेकेण्ड बाँकी । पंखा सायदै प्रति सेकेन्ड पाँच फन्का मार्दै थियो । करिब तिस फन्का मार्दा दुई पच्चीस भयो । समयलाई अझ सुस्त गतिमा चल्दै गरेको उसले देख्दै थियो हिसाब लाउँदै थियो यही गतिमा हिड्दा धेरै समय लाग्थ्यो आफ्नो लक्ष्यमा पुग्न । कम्तीमा एक बर्ष र डेढलाख रूपैँया । अबको एक बर्ष यत्तिकै बस्नु पर्ने भयो उसलाई काठमाडौं; यसै पनि एघारको रिजल्टले जाडो महिना सम्म कुर्याउथ्यो। केही बेर शुन्यहुन खोज्दै आँखा बन्द गर्छ । मुख सुकेको, पिसाव लागेको, पेट पोलेको, घाँटी तिर केही अडके जस्तो । पिसाव फेर्ने र पानी पिउनु पर्ने माग थियो यो । ज्यानले बुझेको केही क्षणमा दिमागले पनि बुझ्यो, त्यसैले उ जुरूक्क उठ्यो । बोतल छोप्यो ढोका कुनामा पुगेर आकाश तिर फर्किदै पानि खन्यायो अनुहारमा । पानिले ड्रेसको आकासे रंगको सर्टको छाती भिजायो । पछाडि रिक्की थियो "टेक ईट ईजि डुड, फिल कुल" भन्दै बुद्धलाइ पछाडि अड्याउँदै थियो । घट घट पानि पनि पियो, स्प्राइटको निलो बोतल लेभल प्रिन्ट खुईलेको हेर्दै । अहिले फ्रेस थियो उ पिसावले पोलेकै भए पनि । पिसाब फेर्न ट्वाईलेट पुगेको बिर्सियो तर तातो पिसाब झरिरहँदा ठुलै रोगबाट बाँचेको अनुभव गर्यो; आखा चिम्लदै आनन्द भएजस्तो गर्यो । फेरी त्यही गुप्त कोठाको ढोका बाटै टाउको छिराएर भन्यो रिक्की चाउमिन खाने। रिक्की, रबि र फेरि नयाँ दुई जनाअरू थिए त्यँहा भित्र । सुसन्त र अरू निस्किसकेछन् उ पल्टेकै बेला । परिचय भयो ति नयाँ पात्रहरू संग पनि । त्यति नै बेला साउनि बम्किईन् "यि केटाहरू दिन भर चुरोट मात्र खान्छन्, भाडा तिर्नु पर्छ महिनाको पन्द्र हजार तिमीहरू चुरोटले अघाउला हाम्लाई चुरोटमा पाँच रूप्पे नाफा हुन्छ तिमीहरू बाट दिनभरमा । बुद्ध बोल्यो "साउनिलाई आज धेरै नाफा गर्दिउँला; पाँच हाफ चाउमिन बनाउनुस बफ सुकुटि हालेर ।" भित्र बाट रिक्की कराउँदै भन्यो छुचि आन्टि मासु अलि धेरै राख्नु नत्र भेज चाउमिनमा मासुभेटियो भन्नुपर्ला ।

बुद्ध अहिले फ्रेस देखिन्थ्यो, रिक्कीले सोध्यो दाज्जु ठमेल जाने? "गिद्धी भैराछ नजाँउ" बुद्धले जवाफ फर्कायो । ह्या मु* दाज्जु हल्का डो मिलाउ फिजिक्स पास भनेको मार्कसमा। खुसी हुँदै बुद्धले सोध्य कति, कसरी? मेरो टोलको दाई छ उसको ज्याक छ, पर सवजेक्ट ट्वान्टी के बक्स । "मिलाउँछ होला नि हल्का, अनि कहिले सम्म चाहिने पैसा" जिज्ञासु भएर सोध्छ बुद्ध । रिक्की: दाज्जु चिन्तानलि भोलि म भेटाईदिन्छु आफै कुरा गर । अनि काम ओरिजिनल हुन्छ ? बुद्ध सुरक्षित हुन खोज्दै सोध्छ । ह्या मु* दाज्जु त्यो दाईले यहि काम गरेर बाईक किन्यो । टोलको सबै दाईहरूलाइ उसैले पास गरायो । चाउमिन आईसकेछ; सबै आ-आफ्नो भागलिन्छन र खान सुरू गर्छन । अरू साथिहरू गफ गर्दै थिए, उ खासै अरूको गफमा कम्पनी दिने सुरमा थिएन । फेरि आज उसका ज्ञानेन्द्रिय कमजोर भए जस्ता लाग्दै थे वरिपरिको खासै ध्यान गएको थिएन। चाउमिन खाँदै बुद्ध सोँच्छ बिस हजार कसरि खोज्ने । मन मनै जुक्ति लगाँउछ आइएलटिएस, कम्पुटर कोर्स र यता उता पढने भनेर मिलाउँछु ।
दाज्जु ठमेल जाने ? रिक्कीले फेरि सोध्छ । चिन्ता कम भैसकेको हुनाले बुद्धले टाउको हल्लाउदै भन्छ म संग चार पाँच सय मात्र छ पुग्छ? रिक्कीले जवाफ फर्काउछ "मसंग टेन बक्स छ पुग्ला" ।
यति नै बेला घरको याद आँउछ बुद्धलाई । परिक्षामा फोन राख्न नपाउनाले उसले घरमै छोडेको थियो । रिक्की संग फोन मागेर घरमा फोन गर्छ । असजिलो भएरै सबै परिक्षा राम्रो भएको र केहि दिनमा हुने ब्याकको तयारी पनि राम्रो रहेको जनायो । केहि दिनमा कम्पुटर कोर्स, आएलटिएस र अन्य खर्चको लागि पच्चीस हजार पठाउन भन्यो । परिक्षा सक्काएर घरै आईजा भन्दैथिए तर उ दशैमा आएर दुई तिन महिना घरमै बस्ने भन्दै थियो । यत्तकैमा फोन काटियो फेरि फोन लगाउन जाँगर चलेन उस्लाई । घरमा उसको धेरै बिश्वास भएकाले उसले भनेको भ्याउने सम्म घर बाट कहिलै नाई भनेनन् । त्यसैले उसलाई आफ्नो भबिष्यको भन्दा घरमा के भन्ने नै मुख्य चिन्ता थियो । जसो तसो आजको दिन बित्दै थियो र मन अलि हल्का भै सकेको थियो । घरमा पनि ढाटि सकेको थियो मिले सम्म पैसा मिलाएर बिग्रेको परिक्षा सल्टाउनु थियो । दाजुलाई ढाट्नु ठुलै कुरो थियो, फोनमै पनि उ ढाटन सक्दैनथ्यो दाईलाई ।
बिच तिर सानो प्वाल पारेको बोतल बोतलमा आधा पानी र सो प्वालमा सानो फलामको पाताको सोलि, सोलिमा गाँजा भरेको । सोलि भन्दा माथि सानो सिन्के प्वाल । बोटलको मुखमा मुख जोडेर सिन्के प्वालमा चोर औला राख्यो अनि अगाडि सोलिमा भएको गाँजामा सलाईलेले सल्कायो, तान्यो रिक्कीले; बोतल भरि धुँवाभरियो । ख्वाक्क गर्यो र फेरि पनि अर्को पालि तान्यो । दाज्जु छिटो लि निभ्छ, भन्दै बुद्धलाई दियो बुद्धले पनि त्यसरिनै तान्यो दुई पटक मुख भरिने गरि पेट भरिने गरि । अरूले पनि ताने भर्दै सलाई कोर्दै तान्दै। केटाहरू यसलाई शुद्ध हुक्का(Water pot) भन्छन् र साईड ईफेक्ट पनि हुँदैन भन्छन त्यसैले बुद्धले चार पटक तान्यो । तर तानेको तिस सेकेन्डमै संसार स्लिम र प्लेन लाग्न थाल्यो । फोहर पनि सफा देखिन थाल्यो खस्रा भित्ता राम्रा देखिन थाले रंगहरू अझ रंगिन लाग्न थाले । हिँड्दा पनि मखमलमा हिँडे जस्तो । बसेको कुकुर उठेको कुकुर मान्छे सजिव निर्जीव वस्तु सबै राम्रा लाग्न थाले । अव उ जे देख्दा पनि मुस्कुराउन थाल्यो । आनन्द आनन्द शरिर घरमै फालेर आत्मा सवार; जमिन भन्दा लगभग डेढ मिटरमा उडिरहेको आत्मा । कसैको मतलव छैन आफ्नै पारामा ठमेल यात्रामा । ....
क्रमश.....
क्रमश.....
Ending Ramro Lagyo. Keep on writing more. ~John Lenon
ReplyDeleteNice..aarko part chittai plz..:))
ReplyDelete