Wednesday, August 07, 2013

नामेट स्मृति ।

बन्द कोठा । 
एउटा झ्याल छ त्यसबाट हतार, हतास र फोहरको गन्ध आँउछ त्यसैले खासै खोल्दिन त्यो, जान कहिँ सक्दिन ढोका खुल्ला या बन्द कुनै अर्थ छैन। सास गन्हाउछ आखिर त्यहि फाल्छु त्यहि लिन्छु पुरानै हावा औसधिको गन्ध। सयौ लाखौँ  मान्छेहरू तर आफ्नो आफु पनि होईन । छोरा छोरी नाति नातिना सबैछन् मेरै थुक हुन् तर म एक्लो सबैबाट; आफैबाट । आज मलाई देखेर चुक्क गर्ने धेरै छन् । किन गर्छन चुक्क?  के म कमजोर भैसकेछु? म सकिएकै हो ? म मक्किएकै हो? मेरो उमेर सकियो? छोराको अनुहार बिर्सन्छु, यो ठाँउको नाम बिर्सन्छु, नाति नातिना सबै बिर्सन्छु । तर पनि केहि कुरा विपनामा सम्झन्छु निद्रामा सपना देख्छु कसै गरे नमेटिने गरी स्मृति बनेर बसेका छन् । नामेट यादहरू सास संगै छुट्ने छन् ।
धेरै भएको छैन पाटे गोरू नारेको, कहिले  गोठ कहिले घरमा सारेको । आज त्यो गोरू हुँदो हो त मलाई किलो ओखलेर भाग्दा झै किलो कै मोलमा लतार्दो हो । म अव मात्र सास भै सकेछु हावा जस्तै हल्का । त्यो पनि म जस्तै बुढो भएरै बित्यो, एक छाक खानै खाईन त्यो बित्दा । गाउँ जित्थ्यो त्यसले । सबैले चिन्थे त्यसलाई पाटे भनेर, उसका तिखा सिङ, चिल्लो रौँ लामो पुच्छर र उसको गर्जन ले। गाउँले चिन्थ्यो उसलाई र मलाई  पुरा जिल्लाले चिन्थ्यो; त्यो पनि धेरै पहिले जस्तो लाग्दैन । उ पनि उमेर रहुन्जेल घोँटियो । खुवै मेहेनत गर्थ्यो। तिसमुरी पाटो ब्यान भरिमा जोत्थ्यो । म पनि कम काँ थेर ब्यान भरिमा उसकै पछि हिँडथे हलो छोपेर उसैले जति मेहेनत गर्थे । घर फर्कंदा उ खालि फर्कन्थयो म हलो जुवा कोदालो बोकेर । उ मन्द्राउँदै पुग्थ्यो म बल्लबल्ल कच्याक्क परेर । उ पनि जोत्दा गारो मानेर कत्रन्थ्यो ।
म दिन भरि घोडा चढेर टुक्रुक टुक्रुक हिँड्थे चार गाउँ चहार्थेँ। सबैले बराजु भन्थे ज्यु गर्थे । अहिले पनि घोँडाको आवाज कानमै बज्छ । कहिले दिन भर त्यही आवाजले झिँझो पनि लाउँछ । कमजोरिले बजेको कानले त्यहि सेतो लुर्के घोँडा सम्झाउँछ । उपहारमा पाएको थिँए सेतुलाई मैले। लामा मित्जुले राडि बेच्न तराई आँउदा छोडेर गएका । लामा मित्जु धेरै पहिले खसिसके, उतै लेक तिर उपचार नपाएर । घोँडा पनि खुट्टामा लागेको चोट निको नभएरै बित्यो । घोँडा खस्दा तिन दिन नुन बारेको थेँ कान्छो जन्मँदा ताका अस्ति झै लाग्छ त्यो पनि । अहिले कान्छो म संगै छ हो कि म कान्छो छोरो संग छु । संगै भएर पनि उ धेरै टाढा छ । मोबाएलमा अरू संग कुरा गर्दा बाहेक उ मेरो वरिपरि खुलेर बोलेको सुनेको छैन । बुहारी आफै खोज्देको हुँम कान्छालाई । अहिले बुहारी भित्र भित्रै बेखुस झैँ देखिन्छे अहिले ठुलै दुख परेको छ उस्लाई दुब्लाउँदै गईरहेकि छे उ। म बिरामि भएको दुखले होईन । म बिरामी उसको नजिक भएर, बिमारिको स्याहार सुसार गर्न पर्ने भएर ।
उ बेला म बम्बैमा कागज फ्याक्टरिमा काम गर्न भागेर गएको अस्ति झैँ लाग्छ । भारू साठि रूप्पे थ्यो मेरो तलव अन्तिम महिना तिर । त्यार सक्काएर गएको, दशैमा फर्केँ । फर्कदा जम्मा जम्मि नौ सय नेपाली थ्यो म संग । घरमा तिन दिन भतेर चलाँउदा पन्द्र रूप्पे एक मोहर खर्चेको थेँ, गाविस पुरैलाई चुले निम्तो थ्यो । मगर्नि कान्छीयाँ संग भतेरलाई त्यो बेला पाठो किन्दा मैले देको तिन मोहर छोडेर पाँच बिस् पैसा मागेकि थिईन "मोहर सोहर जान्दैना पाचँ बिस् देउ पाठो लैजाउ" भनेको अहिले पनि सम्झदा हास्ने गर्छु । कसैले म यसरि मनमनै कुरा सम्झेर हाँसेको देखे भने मलाई पागल भन्लान । आफ्नै बिगतका नधुमलिएका रिल पल्टाएर हेर्ने र हाँस्ने सामर्थ्य बाँकि छ बस् बिगतका रिलमै दिन बित्छ मेरो । त्यही नौ सयले अहिले छोरा, नाति, पनाति जन्माएर कान्छो, जेठो र साईलोको सप्पै जोडदा मोटामोटि नौ करोडको सम्पति पुगेको होला । त्यहि बाउ नौ सयको महत्व अहिले जति छ मेरो महत्व पनि उस्तै । अहिले जेठो मन्त्रालयमा ठुलै मान्छे छ, माईलो नौँ बर्षको उमेरमा घाँटीमा पिलो भएर खस्यो, साईलो पनि सरकारि जागिरे, कान्छो पुस्तक पसल गरेर यो वजारमा खर्च चलाएको छ, म पाल्लेको छु । सिकिस्तै हुँदा धिम धिम आँखाको घेरामा जेठो र साईलो पनि देखा पर्छन । म बुढो, अहिले तिनै नौ सय रूप्पेको एक्लै किस्सा गर्दै अरूले पागल भन्ने गरि दाँत झरेका गिँजामा टास्सेका ओँठ उक्काउदै हाँस्दै छु ।
मित्जु सारै रमाईला थे, उनको नाम के थ्यो कहिल्यै सोधिन मित्जु भन्नै राम्रो लाग्थ्यो । मित्जुले सारै गुन लगाएका छन् मलाई । लेक बाट आँउदा कहिले सिलाजित कहिले राडि पाखि कहिले कम्मल ल्याउथे । अहिले पनि उन्ले ल्याईदेको कम्मल गाउँको घरमा छ बुडिको मधुसमा राखेथेँ यता आउनु अघि । उनको जिन्दगी पनि सारै कष्टकर थ्यो जिवन पुरै लेकको अस्तित्व बचाउनमै बित्यो । उनको मात्र नभै लेकका सबैको हालत उस्तै थ्यो । भेँडा, चौँरि, घोडा, मै जिबन अड्केको, बिरालोले पाठा सारेझैँ गोठ सारिरहनु पर्ने । उन्ले ल्याईदेको भोटेकुकुरले मेरो खुबै स्याहार गर्यो । भोटेलाई पनि मैले मित्जु नै भन्थेँ कहिल्यै नराम्रो गरेन भोटे मित्जुले । बिहान डिंगा खोलेर जंगल लाईदेदेखुन घर ल्याउ सम्म कता चराउने उसैले चराउँथ्यो । चारै तिरबाट छेकेर, घर आउने समय भएपछि जम्मा पारेर घर तिर लखेट्थ्यो । पाटे गोरू जन्मिदा चितुवा बाट पाटे र उस्कि माउलाई बचायो तर आफु बाँच्न सकेन चितुवाले चिथरेरै बित्यो मेरो मित्जु । त्यसको आधा बँचेको रक्ताम्य ज्यान अहिले सम्झिदा पनि जिउ अझ धेरै काम्छ । अहिले मेरो नातिलाई हेर्दा भोटेको खुबै याद आँउछ, नाति जस्तै चरबके थ्यो भोटे म संग खेल्थ्यो । अहिले नाति संग त्यस्तै गरि लडिबुडि खेल्न मन लाग्छ तर सक्दिन बसे उठन् नसक्ने उठे बस्न नसक्ने सबै जोर्नि र हड्डी मक्कि सकेकाछन् ।
छालाले छोएको थाहा पाउन्नन अहिले तर दिमागमा बुढिले छुँदा रौँ ठाडा भएको सम्झँदा भित्र भित्रै उस्तै हुन्छ । नाकले गन्ध सुगन्ध थाहा पाउन्न अहिले तर पनि सम्झनामा गोठ, माटो, काठ घिउ मह सबैको सुगन्ध बसेको छ, मित्जुको गन्ध नाककै टुप्पोमा छ चौँरि झै गनाउँथे मित्जु, अहिले त्यो गन्ध मनपर्छ । धमिला आँखाले अहिले नदेख्लान तर उसबेलाका पहाड तराई खोला पाखा सबैको दृष्य रिल बनि चलिरहन्छन् । कानले पनि चरा चुरुङ्गि, खोला, सेतुको टाप, भोटेको भुकाई, पाटेको गर्जन अहिले पनि अनुभव गर्दछु । यसरि चल्दैछ स्वास र यो पनि छिट्टै रोकिने छ । मेरा वरिपरिका सबै राम्रा कुरा बितिसके मात्र म छुँटे अन्त्यमा । छिट्टै फेरि सेतु, भोटे, साथिभाई, मित्जु, बुढि, पाटे सबैलाई भेट्नेछु ।

7 comments:

  1. मन छोयो । साँच्चिकै मार्मिक रहेछ

    ReplyDelete
  2. सुपर छ भाई लेखाई मा दम छ !लेख्दै जाउ यार साँची उत्कृस्ट लेखन मा कसैले भेट्ने छैन तिम्लाई ;)

    ReplyDelete
  3. @Khim dai
    हस् दाई प्रयास जारी रहनेछ, धन्यबाद दाजु । :)

    ReplyDelete
  4. अलिक लामो होला भनेर रुम्मा पढ्छु भनेको मनमा केहि गुद गुदी हुँदै गर्दा कथा नै सकियो छोटो मिठो मन छुने , वाहु......#Keep on Writing....

    ReplyDelete
  5. साचै लास्ट तिर मन चिथोर्ने खालको लेख , सारो मन पर्यो . supper writing ...!! keep it up

    ReplyDelete
  6. गज्जप लेख्दो रैछौ त सान्केटो!!

    ReplyDelete