Thursday, August 15, 2013

I Am !!


Everything Virtually
Nothing in Reality !!
Some time I feel guilty,
But still I'm standing properly.
No plans to finish,
no goals to cover
No place to reach
Don't know why,
yet I feel rich....

Wednesday, August 07, 2013

नामेट स्मृति ।

बन्द कोठा । 
एउटा झ्याल छ त्यसबाट हतार, हतास र फोहरको गन्ध आँउछ त्यसैले खासै खोल्दिन त्यो, जान कहिँ सक्दिन ढोका खुल्ला या बन्द कुनै अर्थ छैन। सास गन्हाउछ आखिर त्यहि फाल्छु त्यहि लिन्छु पुरानै हावा औसधिको गन्ध। सयौ लाखौँ  मान्छेहरू तर आफ्नो आफु पनि होईन । छोरा छोरी नाति नातिना सबैछन् मेरै थुक हुन् तर म एक्लो सबैबाट; आफैबाट । आज मलाई देखेर चुक्क गर्ने धेरै छन् । किन गर्छन चुक्क?  के म कमजोर भैसकेछु? म सकिएकै हो ? म मक्किएकै हो? मेरो उमेर सकियो? छोराको अनुहार बिर्सन्छु, यो ठाँउको नाम बिर्सन्छु, नाति नातिना सबै बिर्सन्छु । तर पनि केहि कुरा विपनामा सम्झन्छु निद्रामा सपना देख्छु कसै गरे नमेटिने गरी स्मृति बनेर बसेका छन् । नामेट यादहरू सास संगै छुट्ने छन् ।
धेरै भएको छैन पाटे गोरू नारेको, कहिले  गोठ कहिले घरमा सारेको । आज त्यो गोरू हुँदो हो त मलाई किलो ओखलेर भाग्दा झै किलो कै मोलमा लतार्दो हो । म अव मात्र सास भै सकेछु हावा जस्तै हल्का । त्यो पनि म जस्तै बुढो भएरै बित्यो, एक छाक खानै खाईन त्यो बित्दा । गाउँ जित्थ्यो त्यसले । सबैले चिन्थे त्यसलाई पाटे भनेर, उसका तिखा सिङ, चिल्लो रौँ लामो पुच्छर र उसको गर्जन ले। गाउँले चिन्थ्यो उसलाई र मलाई  पुरा जिल्लाले चिन्थ्यो; त्यो पनि धेरै पहिले जस्तो लाग्दैन । उ पनि उमेर रहुन्जेल घोँटियो । खुवै मेहेनत गर्थ्यो। तिसमुरी पाटो ब्यान भरिमा जोत्थ्यो । म पनि कम काँ थेर ब्यान भरिमा उसकै पछि हिँडथे हलो छोपेर उसैले जति मेहेनत गर्थे । घर फर्कंदा उ खालि फर्कन्थयो म हलो जुवा कोदालो बोकेर । उ मन्द्राउँदै पुग्थ्यो म बल्लबल्ल कच्याक्क परेर । उ पनि जोत्दा गारो मानेर कत्रन्थ्यो ।
म दिन भरि घोडा चढेर टुक्रुक टुक्रुक हिँड्थे चार गाउँ चहार्थेँ। सबैले बराजु भन्थे ज्यु गर्थे । अहिले पनि घोँडाको आवाज कानमै बज्छ । कहिले दिन भर त्यही आवाजले झिँझो पनि लाउँछ । कमजोरिले बजेको कानले त्यहि सेतो लुर्के घोँडा सम्झाउँछ । उपहारमा पाएको थिँए सेतुलाई मैले। लामा मित्जुले राडि बेच्न तराई आँउदा छोडेर गएका । लामा मित्जु धेरै पहिले खसिसके, उतै लेक तिर उपचार नपाएर । घोँडा पनि खुट्टामा लागेको चोट निको नभएरै बित्यो । घोँडा खस्दा तिन दिन नुन बारेको थेँ कान्छो जन्मँदा ताका अस्ति झै लाग्छ त्यो पनि । अहिले कान्छो म संगै छ हो कि म कान्छो छोरो संग छु । संगै भएर पनि उ धेरै टाढा छ । मोबाएलमा अरू संग कुरा गर्दा बाहेक उ मेरो वरिपरि खुलेर बोलेको सुनेको छैन । बुहारी आफै खोज्देको हुँम कान्छालाई । अहिले बुहारी भित्र भित्रै बेखुस झैँ देखिन्छे अहिले ठुलै दुख परेको छ उस्लाई दुब्लाउँदै गईरहेकि छे उ। म बिरामि भएको दुखले होईन । म बिरामी उसको नजिक भएर, बिमारिको स्याहार सुसार गर्न पर्ने भएर ।
उ बेला म बम्बैमा कागज फ्याक्टरिमा काम गर्न भागेर गएको अस्ति झैँ लाग्छ । भारू साठि रूप्पे थ्यो मेरो तलव अन्तिम महिना तिर । त्यार सक्काएर गएको, दशैमा फर्केँ । फर्कदा जम्मा जम्मि नौ सय नेपाली थ्यो म संग । घरमा तिन दिन भतेर चलाँउदा पन्द्र रूप्पे एक मोहर खर्चेको थेँ, गाविस पुरैलाई चुले निम्तो थ्यो । मगर्नि कान्छीयाँ संग भतेरलाई त्यो बेला पाठो किन्दा मैले देको तिन मोहर छोडेर पाँच बिस् पैसा मागेकि थिईन "मोहर सोहर जान्दैना पाचँ बिस् देउ पाठो लैजाउ" भनेको अहिले पनि सम्झदा हास्ने गर्छु । कसैले म यसरि मनमनै कुरा सम्झेर हाँसेको देखे भने मलाई पागल भन्लान । आफ्नै बिगतका नधुमलिएका रिल पल्टाएर हेर्ने र हाँस्ने सामर्थ्य बाँकि छ बस् बिगतका रिलमै दिन बित्छ मेरो । त्यही नौ सयले अहिले छोरा, नाति, पनाति जन्माएर कान्छो, जेठो र साईलोको सप्पै जोडदा मोटामोटि नौ करोडको सम्पति पुगेको होला । त्यहि बाउ नौ सयको महत्व अहिले जति छ मेरो महत्व पनि उस्तै । अहिले जेठो मन्त्रालयमा ठुलै मान्छे छ, माईलो नौँ बर्षको उमेरमा घाँटीमा पिलो भएर खस्यो, साईलो पनि सरकारि जागिरे, कान्छो पुस्तक पसल गरेर यो वजारमा खर्च चलाएको छ, म पाल्लेको छु । सिकिस्तै हुँदा धिम धिम आँखाको घेरामा जेठो र साईलो पनि देखा पर्छन । म बुढो, अहिले तिनै नौ सय रूप्पेको एक्लै किस्सा गर्दै अरूले पागल भन्ने गरि दाँत झरेका गिँजामा टास्सेका ओँठ उक्काउदै हाँस्दै छु ।
मित्जु सारै रमाईला थे, उनको नाम के थ्यो कहिल्यै सोधिन मित्जु भन्नै राम्रो लाग्थ्यो । मित्जुले सारै गुन लगाएका छन् मलाई । लेक बाट आँउदा कहिले सिलाजित कहिले राडि पाखि कहिले कम्मल ल्याउथे । अहिले पनि उन्ले ल्याईदेको कम्मल गाउँको घरमा छ बुडिको मधुसमा राखेथेँ यता आउनु अघि । उनको जिन्दगी पनि सारै कष्टकर थ्यो जिवन पुरै लेकको अस्तित्व बचाउनमै बित्यो । उनको मात्र नभै लेकका सबैको हालत उस्तै थ्यो । भेँडा, चौँरि, घोडा, मै जिबन अड्केको, बिरालोले पाठा सारेझैँ गोठ सारिरहनु पर्ने । उन्ले ल्याईदेको भोटेकुकुरले मेरो खुबै स्याहार गर्यो । भोटेलाई पनि मैले मित्जु नै भन्थेँ कहिल्यै नराम्रो गरेन भोटे मित्जुले । बिहान डिंगा खोलेर जंगल लाईदेदेखुन घर ल्याउ सम्म कता चराउने उसैले चराउँथ्यो । चारै तिरबाट छेकेर, घर आउने समय भएपछि जम्मा पारेर घर तिर लखेट्थ्यो । पाटे गोरू जन्मिदा चितुवा बाट पाटे र उस्कि माउलाई बचायो तर आफु बाँच्न सकेन चितुवाले चिथरेरै बित्यो मेरो मित्जु । त्यसको आधा बँचेको रक्ताम्य ज्यान अहिले सम्झिदा पनि जिउ अझ धेरै काम्छ । अहिले मेरो नातिलाई हेर्दा भोटेको खुबै याद आँउछ, नाति जस्तै चरबके थ्यो भोटे म संग खेल्थ्यो । अहिले नाति संग त्यस्तै गरि लडिबुडि खेल्न मन लाग्छ तर सक्दिन बसे उठन् नसक्ने उठे बस्न नसक्ने सबै जोर्नि र हड्डी मक्कि सकेकाछन् ।
छालाले छोएको थाहा पाउन्नन अहिले तर दिमागमा बुढिले छुँदा रौँ ठाडा भएको सम्झँदा भित्र भित्रै उस्तै हुन्छ । नाकले गन्ध सुगन्ध थाहा पाउन्न अहिले तर पनि सम्झनामा गोठ, माटो, काठ घिउ मह सबैको सुगन्ध बसेको छ, मित्जुको गन्ध नाककै टुप्पोमा छ चौँरि झै गनाउँथे मित्जु, अहिले त्यो गन्ध मनपर्छ । धमिला आँखाले अहिले नदेख्लान तर उसबेलाका पहाड तराई खोला पाखा सबैको दृष्य रिल बनि चलिरहन्छन् । कानले पनि चरा चुरुङ्गि, खोला, सेतुको टाप, भोटेको भुकाई, पाटेको गर्जन अहिले पनि अनुभव गर्दछु । यसरि चल्दैछ स्वास र यो पनि छिट्टै रोकिने छ । मेरा वरिपरिका सबै राम्रा कुरा बितिसके मात्र म छुँटे अन्त्यमा । छिट्टै फेरि सेतु, भोटे, साथिभाई, मित्जु, बुढि, पाटे सबैलाई भेट्नेछु ।

Tuesday, August 06, 2013

बुद्ध !!(Part-2)

1St Part !!!
झम्म झम्म टाउको मा केही बोझ, भोक हो कि रिंगटा लागे जस्तो । हिजो खाना बनाउदा लागेको हातको चोटमा पनि मलम लागेजस्तै । हरेक एंगल र जोडहरूमा ग्रिज लगाएर एकछिन भिज्नलाई थाँती राखे जस्तो । सिधा माथि एडजस्ट फ्यान बाट ट्प ट्प देखिन्थ्यो घडि । घडिले दुई पच्चीस बजाउन केही सेकेण्ड बाँकी । पंखा सायदै प्रति सेकेन्ड पाँच फन्का मार्दै थियो । करिब तिस फन्का मार्दा दुई पच्चीस भयो । समयलाई अझ सुस्त गतिमा चल्दै गरेको उसले देख्दै थियो हिसाब लाउँदै थियो यही गतिमा हिड्दा धेरै समय लाग्थ्यो आफ्नो लक्ष्यमा पुग्न । कम्तीमा एक बर्ष र डेढलाख रूपैँया । अबको एक बर्ष यत्तिकै बस्नु पर्ने भयो उसलाई काठमाडौं; यसै पनि एघारको रिजल्टले जाडो महिना सम्म कुर्याउथ्यो। केही बेर शुन्यहुन खोज्दै आँखा बन्द गर्छ । मुख सुकेको, पिसाव लागेको, पेट पोलेको, घाँटी तिर केही अडके जस्तो । पिसाव फेर्ने र पानी पिउनु पर्ने माग थियो यो । ज्यानले बुझेको केही क्षणमा दिमागले पनि बुझ्यो, त्यसैले उ जुरूक्क उठ्यो । बोतल छोप्यो ढोका कुनामा पुगेर आकाश तिर फर्किदै पानि खन्यायो अनुहारमा । पानिले ड्रेसको आकासे रंगको सर्टको छाती भिजायो । पछाडि रिक्की थियो "टेक ईट ईजि डुड, फिल कुल" भन्दै बुद्धलाइ पछाडि अड्याउँदै थियो । घट घट पानि पनि पियो, स्प्राइटको निलो बोतल लेभल प्रिन्ट खुईलेको हेर्दै । अहिले फ्रेस थियो उ पिसावले पोलेकै भए पनि । पिसाब फेर्न ट्वाईलेट पुगेको बिर्सियो तर तातो पिसाब झरिरहँदा ठुलै रोगबाट बाँचेको अनुभव गर्यो; आखा चिम्लदै आनन्द भएजस्तो गर्यो । फेरी त्यही गुप्त कोठाको ढोका बाटै टाउको छिराएर भन्यो रिक्की चाउमिन खाने। रिक्की, रबि र फेरि नयाँ दुई जनाअरू थिए त्यँहा भित्र । सुसन्त र अरू निस्किसकेछन् उ पल्टेकै बेला । परिचय भयो ति नयाँ पात्रहरू संग पनि । त्यति नै बेला साउनि बम्किईन् "यि केटाहरू दिन भर चुरोट मात्र खान्छन्, भाडा तिर्नु पर्छ महिनाको पन्द्र हजार तिमीहरू चुरोटले अघाउला हाम्लाई चुरोटमा पाँच रूप्पे नाफा हुन्छ तिमीहरू बाट दिनभरमा । बुद्ध बोल्यो "साउनिलाई आज धेरै नाफा गर्दिउँला; पाँच हाफ चाउमिन बनाउनुस बफ सुकुटि हालेर ।" भित्र बाट रिक्की कराउँदै भन्यो छुचि आन्टि मासु अलि धेरै राख्नु नत्र भेज चाउमिनमा मासुभेटियो भन्नुपर्ला ।

बुद्ध अहिले फ्रेस देखिन्थ्यो, रिक्कीले सोध्यो दाज्जु ठमेल जाने? "गिद्धी भैराछ नजाँउ" बुद्धले जवाफ फर्कायो । ह्या मु* दाज्जु हल्का डो मिलाउ फिजिक्स पास भनेको मार्कसमा। खुसी हुँदै बुद्धले सोध्य कति, कसरी? मेरो टोलको दाई छ उसको ज्याक छ, पर सवजेक्ट ट्वान्टी के बक्स । "मिलाउँछ होला नि हल्का, अनि कहिले सम्म चाहिने पैसा" जिज्ञासु भएर सोध्छ बुद्ध । रिक्की: दाज्जु चिन्तानलि भोलि म भेटाईदिन्छु आफै कुरा गर । अनि काम ओरिजिनल हुन्छ ? बुद्ध सुरक्षित हुन खोज्दै सोध्छ । ह्या मु* दाज्जु त्यो दाईले यहि काम गरेर बाईक किन्यो । टोलको सबै दाईहरूलाइ उसैले पास गरायो । चाउमिन आईसकेछ; सबै आ-आफ्नो भागलिन्छन र खान सुरू गर्छन । अरू साथिहरू गफ गर्दै थिए, उ खासै अरूको गफमा कम्पनी दिने सुरमा थिएन । फेरि आज उसका ज्ञानेन्द्रिय कमजोर भए जस्ता लाग्दै थे वरिपरिको खासै ध्यान गएको थिएन। चाउमिन खाँदै बुद्ध सोँच्छ बिस हजार कसरि खोज्ने । मन मनै जुक्ति लगाँउछ आइएलटिएस, कम्पुटर कोर्स र यता उता पढने भनेर मिलाउँछु ।
दाज्जु ठमेल जाने ? रिक्कीले फेरि सोध्छ । चिन्ता कम भैसकेको हुनाले बुद्धले टाउको हल्लाउदै भन्छ म संग चार पाँच सय मात्र छ पुग्छ? रिक्कीले जवाफ फर्काउछ "मसंग टेन बक्स छ पुग्ला" ।
यति नै बेला घरको याद आँउछ बुद्धलाई । परिक्षामा फोन राख्न नपाउनाले उसले  घरमै छोडेको थियो । रिक्की संग फोन मागेर घरमा फोन गर्छ । असजिलो भएरै सबै परिक्षा राम्रो भएको र केहि दिनमा हुने ब्याकको तयारी पनि राम्रो रहेको जनायो । केहि दिनमा कम्पुटर कोर्स, आएलटिएस र अन्य खर्चको लागि पच्चीस हजार पठाउन भन्यो । परिक्षा सक्काएर घरै आईजा भन्दैथिए तर उ दशैमा आएर दुई तिन महिना घरमै बस्ने भन्दै थियो । यत्तकैमा फोन काटियो फेरि फोन लगाउन जाँगर चलेन उस्लाई । घरमा उसको धेरै बिश्वास भएकाले उसले भनेको भ्याउने सम्म घर बाट कहिलै नाई भनेनन् । त्यसैले उसलाई आफ्नो भबिष्यको भन्दा घरमा के भन्ने नै मुख्य चिन्ता थियो । जसो तसो आजको दिन बित्दै थियो र मन अलि हल्का भै सकेको थियो । घरमा पनि ढाटि सकेको थियो मिले सम्म पैसा मिलाएर बिग्रेको परिक्षा सल्टाउनु थियो । दाजुलाई ढाट्नु ठुलै कुरो थियो, फोनमै पनि उ ढाटन सक्दैनथ्यो दाईलाई । 

बिच तिर सानो प्वाल पारेको बोतल  बोतलमा आधा पानी र सो प्वालमा सानो फलामको पाताको सोलि, सोलिमा गाँजा भरेको । सोलि भन्दा माथि सानो सिन्के प्वाल । बोटलको मुखमा मुख जोडेर सिन्के प्वालमा चोर औला राख्यो अनि अगाडि सोलिमा भएको गाँजामा सलाईलेले सल्कायो, तान्यो रिक्कीले; बोतल भरि धुँवाभरियो । ख्वाक्क गर्यो र फेरि पनि अर्को पालि तान्यो । दाज्जु छिटो लि निभ्छ, भन्दै बुद्धलाई दियो बुद्धले पनि त्यसरिनै तान्यो दुई पटक मुख भरिने गरि पेट भरिने गरि । अरूले पनि ताने भर्दै सलाई कोर्दै तान्दै। केटाहरू यसलाई शुद्ध हुक्का(Water pot) भन्छन् र साईड ईफेक्ट पनि हुँदैन भन्छन त्यसैले बुद्धले चार पटक तान्यो । तर तानेको तिस सेकेन्डमै संसार स्लिम र प्लेन लाग्न थाल्यो । फोहर पनि सफा देखिन थाल्यो खस्रा भित्ता राम्रा देखिन थाले रंगहरू अझ रंगिन लाग्न थाले । हिँड्दा पनि मखमलमा हिँडे जस्तो । बसेको कुकुर उठेको कुकुर मान्छे सजिव निर्जीव वस्तु सबै राम्रा लाग्न थाले । अव उ जे देख्दा पनि मुस्कुराउन थाल्यो । आनन्द आनन्द शरिर घरमै फालेर आत्मा सवार; जमिन भन्दा लगभग डेढ मिटरमा उडिरहेको आत्मा । कसैको मतलव छैन आफ्नै पारामा ठमेल यात्रामा । ....

क्रमश.....