म भाग्दै थिँए । मृत्यु लखेटदै । मेरै सृजना ब्रेन डिटेक्टर, मोसन गन्, एलियन डिटेक्टर, हो म एलियन भै सकेको थिएँ । मेरै उत्पादनले मलाई लखेट्दै थिए । मेरो सडक--- पर्खाल, क्याभिटि, नाला, अनि हवाई यान र सेनाले नदेख्ने ठाउँ भैसकेको यो पाँचौ दिन हो । पाँच दिन अघि म त्यही विधंसकको हिस्सा थिए। मैले हिंसाको बिरोध गरेँ, हिंसाको तारो बनेँ । भर्खर अमेरिकी सेना बाट बाँचेर एउटा फोहरको डंगुरमा खसेँ । म खसेकै ठाँउमा पहिल्यै तिनओटा लास बनिसकेका रहेछन् ति लासले घेरिएँ एलियन डिटेक्टरले मृत देखायो, सैनिक फर्किए, म बाँचे । म अचम्ममा परेँ मेरै उत्पादनमा समस्या रहेछ त्यही समस्याले आज मलाई बचायो । भर्खर कोडिङ इरर पनि पत्ता लाग्यो । कस्तो हुस्सु म त्यति सानो मिस्टेक गर्ने । तर त्यहि गल्तिले त हो बचाएको नत्र....
अमेरिकामा ति सबै एलियन थिए जो सडकमा देखा पर्दथे, सैन्य परिचय बाहेकका । म संग परिचय थिएन् । म संग थियो त केवल एकसरो लुगा र लुगा माथि एप्रोन, एप्रोनमा थियो एउटा लाईभ स्ट्रिमिङ डिभाइस अनि फुड पिल्स । त्यहि फुड फुड पिल्सले बचाएको थियो बिगत पाच दिन देखि । हुन त ति फुड पिल्स भन्दा पनि मेरो भाग्यले बाच्दै थिए, साहसले बाँच्दै थिए। मेरो भाग्ने, लुक्ने, पर्खाल र भित्तामा चढ्ने शैली कुनै सुपरहिरोको भन्दा कम थिएन । टिभी बाट मैले ग्ल्यासोना झिकेकाले मेरो स्थान पत्ता लगाउन सक्दैनथ्यो कोहि । टिभीमा सयौँ बिशेषता नभएका होईन् र पनि म प्रयोग गर्न सक्दैनथेँ, सुरक्षाका लागि । त्यही टिभिको मदतले म संसारमा भैरहेको बिध्वंश नियाल्दै थिए । बिधंशकको ज्याजति हेर्दै थिए । मानव अधिकार लोप भै सकेको धेरै बर्ष भैसकेको छ रोक टोक केही को थिएन, अव त मान्छे मार्ने चरण पनि अन्तिम अन्तिम भै सकेको छ । बाँच्नेहरू जो जति पनि छन् हात हतियार सम्बन्धित काम गर्नेहरू, ति पनि सबै अमेरिकी सेनाको पहुचमा ।
अमेरिकाले विश्व ध्वस्त गरिसकेको छ, बिश्व भरको धन त्यहाँ जम्मा गरिसकेको छ । सम्पुर्ण बहुमुल्य, अमुल्य बस्तु, स्थान सबै अमेरिकाको भैसकेको छ । ध्वस्त त भैसक्यो अब के भन्नेमा उनिहरु अध्ययन गर्दैथिए । चन्द्रमा पनि दुषित भै सकेको थियो यहि युद्धले र अन्य ग्रहमा पनि भएका सबै संभावना रूष सरकारको कब्जामा थियो । सामान्य जनता कुनै देशका पनि बाँकि थिएनन् पृथ्वीमा । संसारमा कोही ज्युँदो छ त वस म जस्तै भगुवा या धेरै समयदेखि घर भित्रै लुकेका र अमेरिकी सेना ।
अमेरिकी सेना दुई किसिमका छन् निकम्मा अर्थात ह्वाइट हार्ट र बिधंसकारी ब्लाक हार्ट । निकम्मा सेना ति हुन् जो बास्तविक अमेरिकी सेना हुन, उनिहरु भ्याए सम्म एलियनहरूलाई कभर गर्थे र अर्को ध्वंसक फौज बाट बचाउँथे । खै के फण्डा हो जुनकुनै अवस्थामा एक सैनिकले अर्को सैनिक संग दुर्व्यहार गर्दैन । बितेको पाँच दिनमा ह्वाइट हार्ट सैनिकले चार पटक मेरो ज्यान बचाएका छन् ।
सन २१ सय चल्दै छ तर कतियौँ बर्षमा भन्ने मैले भर्खर बिर्से । पाँच दिनमा एक मुठि खाना परेको छैन पेटमा । झन्न पकेटमा भेटिएको ट्यावलेटले थाम्दैछ मलाई । कति लडेँ कति खसेँ जे होस ज्यान बच्दैछ, साहसिकता भोग्दै छु । बिज्ञानले सबै बिकास गरिसकेको छ र पनि मृत्यु लाई निकास दिन बाँकी छ । हाल मृत्युका बारेमा अध्ययन गर्न पनि छाडिसकेको छन् बैज्ञानिक साथिहरुले । मृत्यु छल्न र टार्न सकिदैन भन्ने थाहा छ र पनि टार्दै छु छल्दै छु । यस्तो पनि लाग्दैछ छिट्टै केही हुँदैछ, त्यही हेर्न म बाच्दैछु यसरी ।
मेरो आँखाले देखेका दृष्य शब्द बन्दैनन् नत्र म अहिल्यै शब्द बनाएर कोर्थेँ । कुनै दिन कसैले मेरो भोगाई पढ्थ्यो, यो भयावह देख्थ्यो । साहसिकता देख्थ्यो, सायद फिल्म नै बनाउथ्यो । मैले देख्ने दृष्य गजबका छन् थ्रिडि फिल्म जस्तै । हुनत नांगो आँखाले थ्रिडिनै देख्छ तर मैले देख्ने भ्यू हरर फिल्ममा देखिने जस्तै थियो । देख्ने सबै दृश्य ढाँचा हल्का निरमा चोबेर बनाईएको जस्तो, सबै दृष्य निलो रंगले जिते जस्तो। दिन र रात उस्तै छ यहाको दिन हल्का निलो, रात गाढा निलो । म हरेक मोड, सेकेण्ड, पाईलामा नया दृष्य, नयाँ आवाज, नयाँ संकेतको प्रतिक्षामा हुन्छु, भनौ म मृत्युको त्रासमा हुन्छु ।
अहिले अमेरिकामा दुई ओटा सैन्य प्रमुख छन् एउटा पुरानो अर्को नयाँ । पुरानो बाँचेकालाई बचाउन तर्फ छ नयाँ बाँचेकालाई सक्काउन तर्फ । म भर्खर खसेको ठाँउबाट उठेर निस्के तर म मुख्य सडकमै निस्कन पुँगे । मेरो भाग्य बलियो तर कति मिनेट सेकेण्डलाई; ह्वाइट हार्ट सेना छन् ह्याँ । थप केही क्षण बाँच्ने आसले सास पलायो ।
एउटा सैनिकले भित्तामै छेकिएर बस्न भनेको थियो म त्यही उसकै रेखदेखमा आराम गर्दै थिँए, उसको रेडियोमा खबर आयो एकहुल ब्ल्याक हार्ट सैनिक त्यतै आउँदै छन् । मेरो धडकन बढ्यो, हात पाँउ काप्न लागे । उठ्नै सकेन, यस्तो अनुभव भयो मेरो अन्तिम अवस्था हो यो । अव हरेक दृष्य अलि सुस्त चल्न लागे । अगाडि चोकको मोड्मा स्लो मोसनमा म तिरै दौडिदै गरेका सैनिक देखिए । मेरो सर्वण शक्ति त्यति नै बेला नै मर्यो, आँखाले देख्दै थिए, उठ्न नसकेको ज्यान त्यही थियो । अदृष्य कुनै कुराले मलाई त्यही अठ्ठाए जस्तो; जान्दा जान्दै मृत्युलाई स्वागत गरे जस्तो अनुभुति भयो । ब्ल्याक सेना म भन्दा तिस मिटर टाढा थिए ह्वाइट सेना मेरो वरिपरि, उनिहरु गोलिलागेको नाईकेलाई बचाउनका लागि ज्यान दिन तयार झै देखिए । म उनिहरूको नाईके जस्तो लाग्यो । मेरो मुखबाट बोलि फुस्क्यो "चला गोली" कानले सुन्न थाले अव मेरा । गोली चल्यो; एउटा सेना मर्दा एउटा थोपा रगत मेरो अनुहारमा पर्न थाल्यो । आवाज बढ्यो कतै पानि परे जस्तो टाढा कतै बिजुली चम्के जस्तो, चिर्को परे जस्तो । मेरै अगाडिको सेना पल्ट्यो । उता बाट गोली चल्यो पानिको थोपा जस्तो हावालाई चिर्दै थलथल गर्दै गोली मै तिर आँउदै थियो म त्यही गोलि हेर्दा हेर्दै लठ्ठिँए । गोली आँखाको न्युनतम दृष्टि बाट भित्र छिरेर बिलायो; त्यही बेला म झपक्क निदाएँ ।
झल्यास्स जाँगे । ज्यान पुरै थकित लाग्दै थ्यो, हात खुट्टा सेन्सलेस लागे । बाहिर गर्जन सहित पानी पर्दै थियो । झ्याल खुल्ला रहेछ केही बाछिटो अनुहारमा पनि परेको रैछ; ज्यान जाग्यो। उठेर झ्याल बन्द गरेँ । मोवाइल निकाले बिहानको चार बज्नै लागेको थियो । सपना संझिए र त्यही सपना टिपोट गर्न तिर लागेँ......
Note: रात रातै सपना पछि बिहान ४ बजे लेखेको कथा । so don't expect cosmetic ।
September 21 2013